Swornakshar Logo

ओलीपक्षले मनोमानी गरेको भन्दै खनाल–नेपाल पक्षले विज्ञप्ती निकाल्ने

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको गतिविधिबाट चिन्ति बनेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

आज बसेको खनाल र नेपाल पक्षका स्थायी कमिटीको छलफलले ओली पक्षबाट भइरहेका ले पार्टी हितविरुद्ध काम गरेको भन्दै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ । २३ गतेको सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै हैसियतमा पुगेका थिए । तर एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन नचाहेको भन्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आपत्ती जनाइन् ।

खनाल नेपालले बुधबार आफू निकटका केन्द्रीय समितिपछि बिहीबार स्थायी समिति सदस्यहरुबीच छलफल गरे । छलफलमा ओली पक्षले देखाएको व्यवहारले पार्टीलाई विखण्डन तर्फ लैजान सक्ने निस्कर्ष निकालेको शाक्यले बताइन् ।

उनले भनिन‘ अदालतको फैसला आएको यति दिन हुँदासमेत ओलीले अध्यक्षको हैसियतले बैठक बोलाउनुभएको छैन । देशभर पार्टी कार्यलयमा झण्डा र व्यानर राख्न आदेश दिए । त्यहाँ कार्यकर्ताहरु माझ झडप नै भएको छ । यस्तो अवस्थामा कसरी जाने भनेर छलफल गरेका छौं । आज भोलि भित्र विज्ञप्ती निकाल्ने निर्णय भएको छ ।’

उनले अदालतको फैसलाले नेकपा गुमापछि फेरी एमालेमा विवाद ल्याएर कहि पनि नपुगिने बताइन् । मिलेर जानु पर्ने ठाउँमा देशभरी झडपको अवस्था सिजृना गरेका छन्,शाक्यले भनिन् , अहिलेको अवस्थामा पार्टीमा बैठक बसाल्नु पर्ने हो । तर ओली सधै बैठकबाट भाग्छन् । अहिलेपनि त्यहि गरीरहेका छन् ।’