खनाल–नेपाल पक्षको भेलाको निष्कर्ष:समानान्तर कमिटी बनाउने

काठमाडौं । नेकपा एमालेमा गुटको लडाई पुन: सुरु भएको छ । बुधबार बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटीको भेलाले ओली पक्षले आफु खुशि पार्टी र जनवर्गीय संगठन चलाउन खोजे समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ ।
खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेला बानेश्वरको अर्याल होटलमा सम्पन्न भएको थियो । २३ फागुनको सर्वोच्च अदालतको फैसलाले ब्युताइ दिउको एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी रुपमा पार्टी र संगठनहरु संचालन गर्न खोजेमा देशभरी सम्पूर्ण कमिटी र जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गर्ने निर्णय भएको सहभागी दिलकुमारी पन्तले जानकारी दिइन ।
भेलामा अधिकाशं केन्द्रीय सदस्यले ओली पक्षले पार्टी आफ्नो पेवा हो भने जस्तो व्यवहार गर्न थालेको ,यसरी नै अगाडि बढ्न खोजे समानान्तर कमिटी निमार्ण गदै प्रतिवाद गरेर आगाडि बढ्ने निस्कर्ष निकालेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
अदालतको फैसलापछि बुधबार ओली पक्षले आफुखुशि साइनबोर्ड लगाउने , ओलीको फोटा साइनबोर्डमा राख्ने र नेमप्लेट नेकपा हुदाका अध्यक्ष र इन्चार्जको राख्ने गरेको पन्तले बताइन ।
आज सुदुरपश्चिम प्रदेश कमिटीको कार्यलयमा नेमप्लेट राख्ने विषयमा ओली र नेपाल पक्षका कर्याकर्ताहरुबीच कैलालीमा झडप भएको छ । सुदुरपश्चि कमिटीको एमालेको अध्यक्ष भानुभक्त जोशी र इन्चार्ज भिम रावल छन् । तर ओली पक्षले नेमप्लेटमा अध्यक्ष कर्ण बहादुर थापा र इन्चार्जमा लेखराज भट्टको नाम टाँग्न थालेपछि झडप भएको थियो । कैलालीको घटनाबारे भेलामा कुरा उठेको पन्तले बताइन ।
अधिकांश सहभागी नेताहरुले बोलेपछि खनाल र नेपालले भेलाइ सम्बोधन गरेका थिए । दुबै जना नेताहरुले ओली पक्षसँग नझुक्ने एक जुट भएर डटेर प्रतिवाद गर्न सबैलाई निर्देशन दिएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।
‘पार्टी सञ्चालनमा ओली कसरी प्रस्तुत हुन्छन् त्यहि आधारमा आफुहरु पनि तयारी गर्ने । अदालतको फैसला पछि पार्टीको बैठक आह्वान गर्नु पर्ने हो अहिलेसम्म नभएकोले चिन्त ब्यक्त गरेको नेताद्धयको भनाइ भन्दै पन्तले बताइन ।
कैलालीको घटनाबाट पाठ सिकेर अगाडि बढ्न नेताहरुले निर्देश्न दिएको गैरेले बताए । गैरेले भने ‘२०७५ साल २ जेठको अवस्थामा पार्टी फर्केपछि नेकपाको कुनै कमिटी र नेतृत्व हुदैन । त्यसकारण न अहिले कसैले नेकपाका अध्यक्ष इन्चार्ज नै नेतृत्व हो भन्छन् भने त्यो स्वीकार्य हुदैन । नेताहरुलेपनि एकतापूर्वका कमिटीहरु सक्रिय बनाउन निर्देशन दिएका छन् ।’
एमालेमा ३८ जिल्लामा जिल्ला कमिटीको नेतृत्व माधव नेपालको पक्षमा छ । अदालतको फैसलाले ती सबै कमिटीहरू पुन:स्थापित भएपछि नेतृत्वपनि पहिलाको नै हुने नेपालले बताएका छन् । तर ओली पक्षले नेपाल पक्षको नेतृत्व भएका जिल्लामा गडबड गरे ७७ वटै जिल्लामा,७ वटै प्रदेशमा समानान्तर कमिटी बनाएर अगाडि बढ्ने भेलोको निर्णय रहेको पन्तले बताइन ।
प्रतिनिधि सभा विघट गरेर ओली पक्षले देशभरीमा मनमर्जी तरिकाले पार्टी सञ्चालन गरीरहेकाले त्यसको काउण्टर आवश्यक रहेको भेलाको निस्कर्ष रहेको एक नेताले बताए । आजको भेलामा ६० जना नेताहरु उपस्थित भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: