Swornakshar Logo

खनाल–नेपालको गुट भेला अर्याल होटलमा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(एमाले) ब्युतिएपछि साविकका गुट भेला पुन: सुरु भएका छन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आफु पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको भेला दिउसो ४ बजेबाट बोलाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् ।
खनाल–नेपालले पार्टी भित्रको पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
अदालतको फैसला पछि पूर्ववत अवस्थामा फर्केका एमाले माओवादी केन्द्र आन्तरिक रणनीतिमा छन् । पार्टी एकतापछि प्रचण्ड–नेपाल पक्ष एक थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष सडकमा आन्दोलन गदै आएको थियो । ओली पक्ष निर्वाचनमा जानुको विकल्प नभएको बताउदै आएको थियो ।
तर २३ फागुनको सर्वोच्चको नाम सम्बन्धि विवादको फैसलाले एमाले र माओवादी केन्द्रलाई २०७५ साल ३ जेठमा फकाई दिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भने बालुवाटारमा आफ्नो गुटका नेताहरुसँग छलफल गर्दै आएका छन् । नवौं महाधिवेशनबाट पूर्वएमालेमा ओली र नेपाल गुट सक्रिय थियो । सर्वोच्चको फैसला पछि एमालेको पार्टीको बैठक बस्न सकेको छटैन । तर गुटका भेला बैठक भने दिनहुँ हुने एक केन्द्रीय सदस्यले बताए ।