Swornakshar Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु, बादल लगायत गएनन्

काठमाडौं । आइतबार सर्वोच्च अदालतले गरेको फैसलाबाट पुनःस्थापित भएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

माओवादी केन्द्रले आज स्थायी कमिटी बैठकबाट पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन छ ।

आजको स्थायी कमिटी बैठकमा अदालतबाट खारेज भएको नेकपाका स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।

एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा केपी ओली पक्षमा लागेका छन् । उनीहरु आजको स्थायी कमिटी बैठकमा उपस्थित भएनन् । उनीहरुले अब एमालेमै बस्ने गरी छलफल चलाइरहेका छन् ।