Swornakshar Logo

कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकजनाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच दोहरो भिडन्त भएको छ । बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए।

प्रहरीको गोली लागेर घाइते भएका तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मृतक तस्कर भारतीय रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ।