Swornakshar Logo

ओलीको प्रचण्ड–नेपालप्रति कटाक्ष: पिलो निचोरिँदैमा वजन घट्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षलाई पिलोको संज्ञा दिएका छन् । बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले प्रचण्ड–नेपाल पक्षलाई कटाक्ष गदै पिलो निचोरीदा वजन नघट्ने बताएका छन् ।

उनले भने ‘पिलो निचोरिँदैमा वजन घटेको हुन्न, केही केही पिलो उछिट्टिएरर जान्छन् । निचोरिएर जान्छन् । चिन्ता गर्नु पर्दैन । आन्दोलन फेरि सशक्त भएर देश बनाउन लाग्छ ।’

ओलीले आफूले पार्टी र आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने प्रयास गरे पनि त्यसमा प्रहार भएको बताए । उनले भने ‘एउटा पार्टी र आन्दोलन निर्माणको एकता र एकीकरणको अभियान अघि बढाएको थिएँ । बीच–बीचमा हाम्रा प्रयासहरुमा प्रहार भए ।’

हुर्काएका बिरुवामा हुरी आएर हाँगा भाँचिदिन्छ । फेरि पलाउँछ । कहिले पहिरोले पर्खाल भत्काइदिन्छ । फेरि बनाइन्छ । त्यसले केही फरक नपर्ने बताए ।

ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउन लागिरहने पनि बताए । कार्यक्रममा ओलीले त्यहाँका युवाहरुलाई बाध्यवादन र कपडा खरिदका लागि डेढ लाख रुपैयाँ दिने घोषणासमेत गरे ।