Swornakshar Logo

सभामुख सापकोटा भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने

काठमाडौं । फागुन २३ गते बस्ने संसद अधिवेशनकोलागि सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधबारदेखि दलहरुसँग छलफल सुरु गर्ने भएका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवन पुगेर संसद अधिवेशनको तयारीको अवलोकनपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘भोलिदेखि दलहरुसँग परामर्श सुरु हुनेछ ।’ उनले अधिवेशनका लागि संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त व्यक्त गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्दै फागुन ११ गते १३ दिनभित्र बैठक सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधि सभाको सातौं अधिवेशन आह्वान गरिएको हो । संसद पुन:स्थापना गर्ने सर्वोच्चको आदेशपछि संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठकका लागि प्रशासनिक, भौतिक तथा प्राविधिक तयारी थालेको हो ।