Swornakshar Logo

प्रदेश नं.१ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका सांसदहरुहले प्रदेश नं. १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षका इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव गरेका हुन् ।

आज बोलाइएको प्रदेशसभा बैठकमा मन्त्रीहरू र सरकार पक्षीय साँसदहरुले बैठक बहिस्कार गरेपनि बैठक अगाडि बढेको थियो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै आजको बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै बैठक स्थगित गरेका हुन् । आगामी बैठक २० गते बस्नेछ ।