Swornakshar Logo

कांग्रेसको बिरोध सभामा ओली समूहको ढुङामुढा, पूर्वमन्त्रीसहित ६ घाइते

काठमाडौं । बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका छन् ।

जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर नेकपाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन । सुरेन्द्र पालनेतृत्वमा आएका १५र२० जनाको समूहले सभामा आक्रमण गरेका थिए ।

ढुंगामुढा आक्रमणबाट नेपाली कांग्रेसका नेता एनपी साउद सहित ६ जना घाइते भएका छन् । पूर्वमन्त्री समेत रहेका साउदको पेटमा ढुंगाले लागेको प्रेस युनियनका केन्द्रिय सदस्य हरीश भट्टले जानकारी दिए । उनको अवस्था सामान्य छ ।

सभामा अन्य नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरको पनि उपस्थिती रहेको थियो । आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहान भएको थियो । घटनास्थल तनावग्रस्त बनेको छ । झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ।