Swornakshar Logo

नारायणहिटी अगाडिबाट केपी ओलीका ६ सन्देश

काठमाडौं । २३ माघ । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को अल्पमत पक्षले आज शुक्रबार राजधानीको नारायणहिटी संग्राहलय अगाडि आमसभा गरेको छ । ओली पक्षले यो सभालाई इतिहासकै सबै भन्दा बढी मानिस उपस्थित भएको सभाको संज्ञा दिएका छन् । तर त्यो परिदृष्य देखेका मानिसहरु भने यो कुरा पत्याउने पक्षमा छैनन् । आजको सभामा ओली पक्षले राज्यशक्तिको दुरुपयोग गरेको बताउनेहरु पनि धेरै छन । शासकहरु सत्तामा हुदा शक्तिको दुरुपयोग गर्ने गरेका धेरै उदाहरणहरु छन् । अझ जब शासकहरु गलतबाटोमा हिड्छन् उनीहरुले एक गल्ती छोप्न धेरै नराम्रा कामहरु गर्ने गरेका उदाहरणहरु पनि धेरै भेटिन्छन् ।

जसको निरन्तरता ओलीले आज गरेका छन् । उनको यो कदम आफ्नो पराजय नहुदासम्म जारी राख्ने देखिन्छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरेका थिए । उनले उक्त दिन देखि आफुले गरेको काम ठिक थियो भनेर हजारौ तर्कहरु गदै आएका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा छ । तर पनि ओलीले त्यसलाई सहि कदम भन्दै आएका छन् । आफुले ५ पुसमा गरेको कदम संविधानमा नभएपनि ठिक हो भन्ने अभिव्यक्ति दिदै आएका छन् ।

आज नारायणहिटी संग्राहलयको अगाडिबाट ओलीले आफुले संविधानमा नलेखिएको काम गरेपनि त्यो आफ्नो अधिकार भएको सन्देश दिन खोजे । उनले आफुले संसद विघटन गर्न पाउने अधिकार संविधानमा नभएपनि संसदीय अभ्यासले पाउने भन्दै बेलायतको उदाहरण दिएका छन् । उनले बेलायतमा लिखित संविधान नभएपनि संसद विघटन गरेर चुनाव गराएको उदाहरण पेश गरेका थिए । उनले भनेका छन् ‘बेलायतमा त लिखित संविधान नै छैन । अनि कहाँ लेखिएको हुन्छ त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउछ भनेर । तर पनि कहि कतै नलेखेको भएपनि संसद विघटन गरेर चुनाव हुन्छ ।’

१. संसद विघटन ठिक हो

ओलीले आजको भाषणमा आफुले गरेको संसद विघटन ठिक भएको दाबी प्रस्तुत गरेका छन् । नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएपनि उनले आफुले गरेको संसद विघटन ठिक थियो भनेका छन् ।

उनले बेलायतमा संविधान लिखित नभएपनि संसद विघटन गरेर चुनाव गराएको उदाहरण दिए । अझ भने संविधान नै लिखित छैन । तर पनि बेलायतका प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव गराए । यहाँ पनि संविधानमा नलेखिएको भएपनि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीको भएको तर्क गरे । तर उनको तर्क त्यतिखेर मेल खाएन जतिखेर उनले नेपालको संविधानलाई परम्परागत संसदीय व्यवस्थाभन्दा उन्नत र परिस्कृत संविधान हो भन्ने कुरा भेले वा भुलेको भान गरे ।

बेलायती वा भारतीय संसदीय व्यवस्थाका विकृत पक्षलाई हटाएर नेपालको संविधानमा राजनीतिक स्थिरता कायम गर्ने प्रष्ट व्यवस्था राखिएका छन् त्यसैले नेपालको सन्दर्भ र बेलायतको फरक हो ।

२.राजतन्त्रसंग साँठगाँठ नभएको

केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरु राजावादीहरुसंग मिलेका आरोप लाग्ने गरेको थियो । ओलीले मुखले जति कम्युनिस्ट फलाके पनि उनको व्यवहार राजावादीको जस्तो भएको भन्दै आलोचना हुने गरेको थियो । ओलीका कदमहरु निरंकुश र एकलौटी खालका हुन थालेका छन् । उनले संविधान, विधी र पद्दती भन्दा पनि आफूलाई लागेपछि गर्ने गरेका छन् ।

अझ आज भएको सभामा भित्री रुपमा राजावादी र हिन्दुवादीहरुसंग मिलेर मानिस जम्मा पारेको आरोप समेत लागेको थियो । उनले आजको सभामा आफु राजतन्त्रको पक्षमा नभएको बताए । उनले आफु राजतन्त्रको पक्षधर नभएको स्पष्टीकरण दिनु पर्ने अवस्था आउनु आफैंमा संकाको विषय थियो । धर्म निरपेक्ष भएको मुलुकमा उनको धार्मिक गतिविधि र त्यो प्रतिको आसक्तिले आम मानिसमा उनी अब कम्युनिस्ट होइन हिन्दुवादी भएको आसंका गदै आएका थिए । केहि दिन पहिलाको पशुपतिमा सुनको जलारी बनाउने घोषणा । चितवन पुगेर राममन्दिर बनाउने घोषणा उनका विवादीत कामहरु हुन । उनका यस्ता कामले आम सर्वसाधारणमा पनि हिन्दु धार्मिक भएको र यो माग पछिल्लो समयमा सबै भन्दा बढी राजावादीहरुले गदै आएका थिए । तर आजको सभाबाट ओलीले आफु लोकतन्त्रको पक्षमा रहेको । कुनै अतितबनेका संस्थाप्रति मोह नभएको बताएका छन् । तर ओलीका गतिविधि भने सधै शंकास्पद हुने गरेका छन् ।

३ संघीयता प्रतिको वितृष्णा

ओलीले आफ्नो भाषणमा कोरोना भाइरसमा सबै भन्दा राम्रो काम स्थानीय तहले गरेको भन्दै मुक्तकण्ठले प्रसंसा गरे । तर प्रदेश सरकारको नाम भने लिएनन् । प्रदेश सरकार अहिलेको परिवर्तनको उपज हो । संघीय संरचनामा ७ वटा प्रदेश सरकार मध्य ४ वटा ओली पक्षका मुख्यमन्त्रीहरु छन् । प्रदेश एकमा जनता समाजावादी र कर्णाली र सुदुरपश्चिममा प्रचण्ड–नेपाल पक्षका मुख्यमन्त्रीहरु छन् ।

तर ओलीले आजको सभामा संघीयता र प्रदेश सरकारको नाम सम्म उच्चारण गरेनन् । यो भनेको उनको संघीयता प्रतिको पुरानै अरुचि अभिव्यक्त भएको देखिएको छ । अथवा उनी संघीयता बाध्यताले स्वीकार्न तयार भएका हुन ।

होइन भने उनी यो संघीयताको विपक्षमा नै छन् ।
जब कि कोरोना भाइरसको समयमा प्रदेश सरकार पनि सक्रिय थिए । जब कि केन्द्र सरकार जति भ्रष्टाचारमा प्रदेश सरकारको नाम सुनिएन । तरपनि ओलीेले प्रदेश सरकारको नाममा एक शब्द खर्चन चाहेनन् । खर्चेनन् ।

४ चुनावी सभा

धेरै तामझाम गरेर राजधानीमा मानिस उतारेपनि साधारण चुनावी सभा गरेर ओलीले सभा सके । ओलीले आज विशेष घोषणा गर्ने उनका पक्षका नेताहरु बताउदै आएका थिए । आम मानिसलाई पनि चासो थियो आज ओलीले केहि विशेष कार्यक्रमको घोषणा गर्छन कि भनेर । तर उनको भाषण आज सधैको भन्दा धेरै नरम थियो ।

उनको आजको भाषा शैली र अभिव्यक्तिले उनीमा हिजो अस्तीको जस्तो दम्भ ह्रास हुदै गएको भान हुन्छ । जब कि विपक्षिको तिखो आलोचना गर्न नथाक्ने ओली आज भने सारै नरम थिए । उनको भाषणमा खासै उत्साह थिएन ।

राजधानीका कार्यक्रममा सधै उग्र शैलीमा प्रस्तुत हुने ओली आज भने त्यस्तो देखिएनन् । यो भनेको उनमा पराजयी मानसिकता प्रखर हुन थालेको कतिपय विश्लेषकहरुको भनाई छ ।

५ प्रचण्ड–नेपालललाई देखाउन सभा

ओलीले आफुलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सडकमा सभा गरेर ललकारेकाले आफुले पनि त्यसको जवाफ दिन सभा गरेको बताए । उनले एक कार्यक्रममा प्रचण्ड–नेपाल पक्षका भन्दा धेरै मानिस राजधानीमा उतार्ने घोषणा गरे गरेका थिए ।

तर उनले भनेजस्तो जनमास उपस्थित भएन । उनले मनबाट प्रचण्ड–नेपाललाई देखाउने भनेपनि उनको हुंकार जस्तै मानिस उपस्थित भएनन् । त्यसैमा झन पानी पर्ने अवस्था भएपनि मानिसहरु उनी बोल्दा आधा कम भए ।

हौसिएर बोल्न सुरु गरेका ओलीको भाषण नसकिदै मानिस निस्कन थाले । उनीले आफुले भाषण नसक्दा सम्म मानिस टसकोमस हुने छैनन भन्ने सोचेका थिए । तर उनको सोचाइनै गलत भयो । मानिसहरु उनको भाषण नै नसुनि हिडे । उनको प्रचण्ड–नेपाललाई देखाइ दिने सपना पुरा भएन । उनको सभामा प्रचण्ड–नेपालले १४ गते गरेको सभाको भन्दा कम मानिस उपस्थित भए । उनले राजधानीमा मानिस उत्रार्न राज्यशत्तिको चरम दुरुपयोग गरेको आरोप लागेको छ । तर भनेजति जनमास उत्रान सकेनन् ।

६ जनताले चुनाव चाहेको

ओलीले भाषण गदै के चाहन्छौ भनेर सोध्दै चुनाव भन्नु भनेका थिए । मासले पनि चुनाव भनेका थिए । अनि मानिसले चुनाव चाहेको तर्क गरेका थिए । उनले देश चुनावमा गएको र सबै फैसला चुनावले गर्ने तर्क गरे ।

उनले ५ पुसमा गरेको संसद विघटनको पक्षमा जनता रहेको सन्देश दिन खोजे । तर सडक देखि सदन सम्म । आम मानिस , बुद्धिजीवी लेखक सबै मानिस उनको कदमलाई असंवैधानिक कु भन्दै आएका छन् । आज देशभरीबाट आफ्नो पक्षका नेता कार्यकर्ता बोलाएर ओलीले आफ्नो कदमको पक्षमा मानिस रहेको दावी गरे ।