Swornakshar Logo

प्रचण्डलाई ओलीले भनेः उपद्रो होइन, कानुनको पालना गर्न सिक्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न भनेका छन् । बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नसिक्नु पर्ने बताए ।

उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन । उनले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो । तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ती दिन पुराना भए।’

ओलीले भने ‘प्रचण्ड–माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताए । ‘उहाँहरुले यो बन्द गर्नु नै हुन्थ्यो आज । तर पनि बन्द खासै भएन । जनतालाई अलिअलि दुख त दिनुभयो ।’
उनले केही गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडि र बाइक चढेर रमिता हेरेक बताए । ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको टिप्पणी समेत गरे ।

‘कार्यकर्ता सिध्दिएछन् । सवै यता छन् अनि के हुनु ? हामी यहाँ छौँ भनेर सात दोवाटोमा आफै प्रचण्ड उत्रिनुभएछ ,ओलीले टिप्पणी गरे ।
सम्बोधनका क्रममा ओलीले प्रचण्ड–माधव नेपाल पक्ष कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाए ।

उनले भने ‘आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो विरोधी भनेको कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्नेहरु छन् । विगमतमा पनि कम्युनिस्ट आन्दोलन उनीहरुले बद्नाम गराए, कमजोर गराए । निर्मम निर्दयी र मानवता नभएको जस्तो प्रभाव दिनेगरी उपद्रव मच्चाए ।’
उनले भूमिहीन किसानको समस्या समाधान गर्न आयोग गठन गर्दा माधव नेपालले मुद्दा हालेर किसानविरोधी काम गरेको आरोप लगाए ।
पछिल्लो समय मन्त्री पद्मा अर्याललाई समेत नेता नेपालले हप्काउन खोजेको र खाली आफ्नै मान्छे राख्न प्रयास गरेपनि पछिल्लो पटक भत्काउन नसकेको बताए ।