Swornakshar Logo

भारतले प्रदान गरेको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

काठमाडौं । ८ माघ । भारत सरकारले नेपाललाई उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन् । भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज बिहीबार नै काठमाडौं पठाएको थियो । खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिए । कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानिय रहेको उनको भनाई छ ।