Swornakshar Logo

खिया लागेका दुई नटबोल्छ खुल्दा पार्टीले गति लियोः ओली

काठमाडौ । १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको बताएका छन् ।

तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको ओलीले बताए ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै संबोधन गर्दै उनले दुई वटा नटबोल्ट खिया लागेर आफैं फुक्लिएको टिप्पणी गरे । उनको टिप्पणी प्रचण्ड नेपाल प्रति लक्षित थियो ।

काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीबाट हराएका केही मान्छेहरुले एउटा सभा गरेछन्, ’ उनले भने, ‘त्यहाँ त दुईवटा दर्शनढुंगा ठोक्किएजस्तो भएछ । एउटा पक्षले एउटा नारा लगाए अर्कोले अर्कै लगाएछन् । अहिले भर्खरै सुरु हुँदैछ उहाँहरुको हालत । माथिका नेताको ध्यान जम्माजम्मी पदमा छ । पद चाहिएको भए पाउने ठाउँमा यता आउनुपर्थ्यो । सुन्तला खाने भए सुन्तालाघारीमा जानुपर्छ सल्लाघारीमा गएर पाइन्छ ? पद चाहिन्छ ठूलो ठूलो लाग्नुभएको छ खडेरी परेकातिर ।’

ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।

‘हामी छोरा छोरी भाइ बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता कसको कता कसैको धन्दा खानतिर । अचम्म लाग्छ,’ ओलीले भने, ‘दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पु¥याउनुभयो । महत्वपूर्ण कामका लागि र देश बनाउनका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपथ्र्यो । कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रो पार्टीका कार्यकर्ताहरुलाई काम गर्न दिइएन । दुईवटा नटबल्ट फुत्किनासाथ पार्टी गतिसाथ अघि बढ्यो । पार्टी फुट्यो भनेर कराइरहनुभएको छ । निर्वाचन आयोगबाट एउटा पत्र हिजो प्राप्त गरेँ । उहाँहरुले एउटा निवेदन हाल्नुभएको रहेछ । यो बरमझियाको पेडा पसल हो ? पेरिसडाँडामा १५ जना पत्रकार सम्मेलन गर्नुभएको छ । यो असली पेडा पसल भनेर । सूर्य चिह्न हामीलाई दिनुस् भनेर । जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ रु हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने रु आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।’

उनले दाहाललाई अध्यक्षमा कायमै राखेको बताए ।

‘पुष्पकमल दाहाललाई अध्यक्षमा राखेका छौँ । माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौं । अरु साथीहरुलाई पनि राखेका छौँ । पेरिसडाँडामा के के चलेको छ । प्रदेश स्तरीय भेला । अलि अलि मान्छे सीसीमा रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ । उहाँहरुको भेला त्योभन्दा बढी हुँदैन । टाउको दुखेको, पेट दुखेको, गलेका खसखस सबैको औषधि त्यहीँ पाइन्छ । त्यहाँ पनि त्यति मान्छे जान्छन् ।’

ओलीले नेपालको नक्सा छापेवापत उनीहरुलाई छटपटी परेको बताए ।

‘नक्सा छापेवापत कस्तो छटपटी छ । उहाँहरुको एजेन्डा त्यो होइन । सपना फेरि कत्रो देखेको ? कार्की बैंक्वेटमा जानुभएछ । खानपिन गर्नुभयो होला रु केपी ओलीलाई निकालिदियौँ भनेर पत्र पठाएछन् । जसको कटेरो उसको पुच्छर बाहिर । सरकारले जति काम गर्न सक्थ्यो । तर गर्न दिइएन । सरकारले जे काम गरेको थियो । त्यो प्रचारित हुन पाएन । कतिसम्म भनेको तपाईँहरुले सुनिसक्नुभयो । धरहरा बनाएको केपी ओलीले होइन इन्जिनियरले हो रे , त्यति पनि थाहा छैन,’ उनले भने ।

ओलीले अहिले भारतका सबै नागरिकलाई नेपालको प्रधानमन्त्री को छ भनेर सोध्यो भने कण्ठै रहेको बताए ।

‘भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्री को छ भनेर सोध्यो भने कण्ठै छ,’ उनले भने ।

ओलीले कम्बोडियाले जहाज चार्टर गरेर नेपालका लागि औषधि पठाएको बताए ।

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अदालत चार्ली च्याप्लिनको खेलजस्तो नभएको भन्दै को असली हो भन्ने चिन्न सक्ने बताएका छन् ।

‘अदालतले जुँगा हेरेर चिन्छ, कुम हल्लाएकोबाटै को हो भन्ने चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ । चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । सूर्य चिह्न हामीसँग हुन्छ । पार्टी हाम्रो हो,’ ओलीले भने ।

उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी , कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ? दाबी पनि कस्तो ? , ओलीको प्रश्न थियो, ‘रेस्लिङमा पहिले पनि देखिन्छ । खेल्न कहिले हो कहिले लगाउने पहिले नै खोलेर लिन खोज्छ । रिङमा पुगेर मुक्का खाएपछि थाहा पाउँछ । हाम्रा कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने ? कुन कार्यकर्ताले दियो बहुमत ? तपाईंहरुले भोट हाल्नुहुन्छ रु घरमा भनेको बहुमत भनेर ?