Swornakshar Logo

भृकुटीमण्डपबाट ओलीलाई प्रचण्ड–नेपाल पक्षको चेतावनी जे गर्नु छ गर छोड्ने छैनौ

काठमाडौं । प्रचण्डले आज संसद विघटन विरुद्धको विरोध सभामा यति छिटै केपी शर्मा ओलीका विरुद्ध सकडमा आन्दोलन गर्नु पर्ला भन्ने नसोचेको बताए । पार्टी एकताको प्रस्ताव लिएर जादा यति छिटै ओलीका विरुद्ध आन्दोलन गर्नु पर्ला भन्ने नसोचेको बताए । तर छोटो समयमा नै ओलीका विरुद्ध आन्दोलन गर्नु प¥यो प्रचण्डको भनाइ थियो ।
हो ,अहिले नेकपाको प्रचण्ड–नेपाल पक्षले सरकार विरुद्ध आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ गते संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । त्यहि दिन राष्ट्रपतिले पनि प्रधानमन्त्रीको सिफारिस सदर गरीन । अनि सुरु भयो सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा बिग्रह । बिग्रहले लियो विभाजनको बाटो । ५ गतेबाट नै नेकपा दुई पक्ष अलग अलग यात्रामा लागेका छन् । एक पक्ष छ, संसद विघटन गरेर पनि सरकारको नेतृत्वमा । अर्को पक्ष सडकमा आन्दोलन गदै छ ,संसद विघटनको विरुद्धमा ।

संसद विघटन गरेर पनि ओली आफुलाई कामचलाउन सरकारको प्रधानमन्त्री भन्दा पनि अझै ६४ प्रतिशत जनमत पाएको प्रधानमन्त्री भन्दै हिडेका छन् । अर्को पक्ष अहिले आन्दोलन गदै सडकमा छ ।
आज नेकपा प्रचण्ड–नेपाल पक्षले देशभरी शक्ति प्रर्दशन गरेको छ । राजधानीमा पनि शक्ति प्रर्दशन गरेको छ । उक्त प्रर्दशनमा नेकपाका केन्द्रीय तहका नेताहरु सहभागी भएका थिए । पार्टीका दुबै अध्यक्ष वरिष्ठ नेता,प्रवक्ता लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्ने सबै नेताहरु ओली प्रति कडारुपमा प्रस्तुत भएका थिए । कसैले आफुले ओली बुझ्न नसकेकोमा क्षमा मागेका थिए भने कसैले ओलीका ०६२–०६३का अभिव्यक्ति तर्फ फर्काएका थिए । कसैले रुसि नेता गोर्भाचोभसंग दाजेका थिए भने कसैले संविधानको बल्तकारी ओली भएको ठोकुवा गरेका छन् ।
अदालतमाथि भरोसा
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको अदालतमाथि पूर्णरुपमा भरोसा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई अदालतले उल्टाउने भरोसा रहेको सबै नेताहरुले जताएका छन् । नेताहरुले निर्वाचन आयोगले पनि सहि निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको सन्देश आजको सभाबाट दिएका छन् । झलनाथ खनालले पार्टी र चुनाव चिन्ह् आफुहरुले पाउनेमा विश्वस्त रहेको धारणा राखेका थिए । माधवकुमार नेपाले संसद पुनःस्थापना भएर छोड्ने बताए । प्रचण्डले अदालतमाथिको भरोसा रहेको बताएका छन् ।
बयलगाडाको सिद्धान्त छोडेको रहेन छः प्रचण्ड
आजको विरोध सभालाई सम्बोधन गदै पुष्पकमल दाहाल प्रचण्डले ओलीले २०६२–०६३ सालको बयलगाडाको सिद्धान्त अहिले पनि नछोडे भन्दै कडा शब्दमा आलोचना गरेका छन् । उनले आलोचना गदै भने ‘ओली बयलगाडा सिद्धान्तको मानिस हुन भन्ने थाह थियो, संघीयता,धर्म निरपेक्षता,गणतन्त्र र अहिलेको परिवर्तन नस्वीकार्ने नै हुन तर आन्दोलनको बाढी आयो म त्यसैमा बगे भने अब त बगेर भएपनि स्वीकारेको होला भनेको छ बयलगाढामा नै रहेछन् ।’
प्रचण्डले मदन भण्डारीले ०४६ सालमा गरेको भाषणको सम्झना गदै भने ‘त्यो दिन मदन भण्डारीले भन्नु भएको थियो ,यो आन्दोलनको ट्रेलर हो , भत्केरुहरु मात्र आएका छन् ,बाजा बजाएर जन्ती आउन बाँकी छ । आजको यो सभापनि त्यसैको संकेत हो । लोकतन्त्रमाथि भएको प्रहार फिर्ता नभए आँधीबेहरी आउने छ ।’
आफुहरुले ७० बर्ष लगाएर ल्याएको परिवर्तन बयलगाडाको सिद्धान्त बोकेको ओलीेले सक्ने कोशिस गरेको आरोप लगाए । प्रचण्डले भने‘ओली यति लामो समय सम्म पनि बयलगाडाबाट बाहिर आएका रहेनछन्, उनी विचारबाट च्युत,लोकतन्त्र प्रतिको अविश्वासी तानाशाह हुन । संविधानमाथिको निर्मम प्रहार त्यसैको ज्वलन्त उदाहरण हो ।’
प्रचण्डले सम्बोधन गदै भने ‘ओलीको बैठक भनेपछि सातो जान्थ्यो । बैठक बस्नु नपरे हुन्थ्यो जस्तो गर्थे ।’
ओलीलेले संविधानको बलत्कार गरेकाले देश र जनतासंग माफि नमाग्दासम्म इतिहासले माफि दिने नदिने । इतिहासको कलंक ओलीलाई जनताले पनि माफि दिने छैन, प्रचण्डले भने‘ओलीले गरेको गल्तीको क्षम्मे जनता र इतिहासले दिने छैन । २४० बर्षे तानाशाहाई जनताले बढारेर छोडे , ओलीलाई पनि बढारेर छोड्ने छन् ।’
वैशाखमा अध्यादेश ल्याएर पार्टी फुटाउन चाहेका ओलीले आफ्नो कारणले यहाँसम्म ल्याएको प्रचण्डको कथन थियो ।
बालुवा पेलेर तेल आउनु र बालुवाटारमा ओली सुध्रनु एउटै होःनेपाल
नेकपाका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल आउछ भन्नु र बालुवाटारमा रहेका ओली सुध्रन्छन् भन्नु एउटै भएको बताए । उनले भने ‘बालुवा पेलेर तेल आउदैन , ओली सुध्रेर आउछन् भन्ने आस छैन ।तर पनि सुध्रेर आए ठाँउ भने खालि छ ।’
नेपालले ओलीलाई रुसमा कम्युनिस्ट आन्दोलन विघटन गर्ने गोर्भाचोभसंग तुलना गदै भने ‘ ओलीमा कम्युनिस्ट विचार छैन । लोकतान्त्रीक आचरण छैन । रुसको गोर्भाचोभ र ओली एउटै हुन । कम्युनिस्ट आन्दोलनका कलंक ।’
ओली कम्युनिस्ट नभएर व्यक्तिवादी, गुटवादी भएको आरोप लगाए । कम्युनिस्ट विचारबाट सकिएपछि ललिपप बाड्दै हिडेको ओलीको र ओली प्रवृतिको वंश नास हुने दिन नजिक आएको बताए । उनले भने ‘उनले पदका ललिपप जति बाडेपनि उनको प्रवृतिको वंश नास हुने समय आएको छ । यो उनको प्रवृतिको अन्त्य पनि हो ।’
ओलीले मरिचमान जतिपनि काम गरेनन्ः झलनाथ खनाल
विरोध सभालाई सम्बोधन गदै वरिष्ठ नेता झलनाथ खनालले ओलीले पंचायतका प्रधानमन्त्री मरिचमान सिंह जतिपनि काम नगरेको आरोप लगाए । ओलीले संसद विघटन गरेको विरोधमा गरेको प्रर्दशनमा खनालले ओलीले गफ धेरै लगाएको तर काम मरिचमान सिंहको जति पनि नगरेको बताए । उनले भने ‘ गफले देश चल्दैन । गफले रेल आयो, ग्याँस घरघरमा आयो ,तर वस्तवमा कसैको घरमा आएन , आए ओलीको घरमा आयो होला, तीन बर्षसम्म प्रधानमन्त्री भएर पनि मरिचमानको जतिपनि काम गरेनन् ।’
खनालले ओली तानाशाह भएको बताए । उनले नेकपा आजको विरोध प्रर्दशनमा भएको बालुवाटरमा गुट भएको बताए । उनले भने ‘वास्तविक नेकपा यो हो ,बालुवाटारमा बस्ने तानाशाही गुट हो । जसले जनतामाथि घात गरेको छ ।’
नेकपाको विजय ओलीको कारण नभएर नेकपाको एकताको कारण भएको बताए । ओली झापाकाद देखि नै खराब मानिस भएको आरोप लगाए । उनले भने ‘ओली झापा कालमा पनि राम्रो भूमिकामा कहिल्यै देखिएनन् । १४ बर्ष जेल बस्दा पनि उनीमा कुनै परिवर्तन आएन । आन्दोलपछि त केहि परिवर्तन भए होला भनेको अहिलेपनि उस्तै रहेछन् ।’
उनले ओलीले बालुवाटार पुगेपछि पार्टी बिर्सेको बताए । उनले भने ‘प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि पार्टी बिर्सनु भयो । एकलौटी रुपमा क्याबिनेट बनाए । पार्टीका कुरा सुन्नै छोड्नु भयो ।’
अहिलेको आन्दोलन ओलीको तानाशाही विरुद्ध भएको बताए । यो आन्दोलनले ओलीको अन्त्य हुने जिकिर गरे ।