Swornakshar Logo

तीन बर्ष जेठोले बिगार्‍योः प्रचण्ड

काठमाडौं । १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली जस्तो जालीझेली अरु कोही नभएको बताए ।

दुइ दिन सम्म चलेको केन्द्रीय कमिटी बैठक सकिएको दोस्रो दिन पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले केपी शर्मा ओली जालीझेली भएको आरोप लगाए । ओली यस्तो हुनमा आफ्नो लचिलोपनले काम गरेको प्रचण्डले पत्रकार सम्मेलनमा बताएका हुन । उनले भने ‘मैले पार्टी एकता बचाउन धेरै लचकता अपनाए । त्यसको फाइदा ओलीले लिदै गए । आलो पालोको अध्यक्ष छोडे, ढाई बर्ष प्रधानमन्त्री हुने कुरा छोडे । यसको नाजायज फाइदा ओलीले लिए ।’

उनले पत्रकार सम्मेलनमा वातवरण सकारात्मक नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने ‘अदालतले सकारात्मक फैसला गर्छ भन्नेमा विश्वास छ । वातावरण सकारात्मक भएन भने सशक्त आन्दोलन गछौ ।’ प्रचण्डले ओली आफै नसकुन्जेल यस्ता हरकत गरीरहने बताए । उनले भने ‘ओलीको मुर्खता उनी आफै नसकुन्जेलसमम रहनसक्ने छ । किन कि उनले सोचेका छन् दुनिया आफु जस्तै जालिझेली छन् । सेटिङमा चल्छन् । तर सबै उहाँ जस्तै छैनन् ।’

ओली गणतन्त्र विरोधी थिए । तर पछि सुध्रेछन् भन्ने थियो । तर उहाँ सुध्रनु भएको रहेन छन् । यसको ज्वलन्त उदाहरण संसद विघटन गरेर देखाए । उनी अलोकतान्त्रीक मानिस हुन , उनी छुरो रोप्न पनि त्यति नै सिपालु छन् , मलाई समय दिएर मन्त्री परिषदको बैठक बोलाएर संसद विघटन गरेर आए, प्रचण्डले भने । मैले सधै उनले भनेको मान्दा दुःख पाएका छौ ।

केहि भएमा म तपाई भन्दा तीन बर्ष जेठोे हुँ भन्ने । म पनि फुरुक्क हुने । त्यहि भएर बिग्र्यो ,पत्रकार सम्मलेनमा प्रचण्डले भने ‘मैले केहि अडान राखे म तीन बर्ष जेठो हुँ भन्ने म पनि होस नि त जेठो मानिसले भनेपछि भन्दै गए । अहिले त संसद नै विघटन गरे । त्यहि तीन बर्ष जेठोले बिगार्‍यो ।’ ५ गते केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई पक्षमा विभाजन भएको छ ।

केपी ओली कम्युनिस्ट सक्ने गोर्भाचोव होः नेपाल
अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन सक्ने गोर्भाचोव भएको बताए ।
पत्रकार सम्मेलनमा नेपालले भने ‘जसरी रुसमा गोर्भाचोवले कम्युनिस्ट पार्टी नै विघटन गरे त्यसरी नै केपी ओलीले नेपालमा कम्युनिस्ट आन्दोलन विघटन गर्ने दिशामा गए । उनी गोर्भाचोव हुन ।’ नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएकाले यो व्यवस्थाप्रति अपनत्व नभएको बताए ।

उनले भने ‘केपी ओली कस्ता व्यक्ति हुन सबैलाई थाह छ । उनलाई यो परिवर्तन ,गणतन्त्र , संघीयता मनपरेको थिएन । अहिले पनि त्यहि गरीरहेका छन् ।’ पत्रकार सम्मलेनमा नेपालले आफ्नो र प्रचण्डको लामो संगत भएकाले मिलेर जाने बताए ।

उनले भने ‘हामी दुबै जनाले विधि,पद्धति , विचार सहित अगाडि चल्ने भनेका छौ । यहि हाम्रो मिलन बिन्दु हो ।’ नेपालले नेकपाको नाममा भएको सम्पति आफ्नो हुने दाबी गरे । कसैको निजी सम्पतिमा दाबी गरीदैन । तर पार्टीको नामा भएको सम्पति हाम्रो हो । हामीले छोड्दैनौ ।

केपी ओली गोमन सर्पजस्ता हुनः खनाल

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली गोमम सर्प जस्तो भएको बताएका छन् । गोमन सर्पले आफ्ना विरोधीको फोटो दिमागमा राख्छ । मौका मिल्ने बित्तिकै डस्छ , केपी ओली पनि त्यस्तै हुन । मौका पायोपकि डसी हाल्छछन् ।

आठौ महाधिवेशनमा मसंग हारेको बदला पार्टी एकता हुदा मलाई चौथो वरियतामा राखेर लिए ।
उनले ओली मनमा तुष पालेर बस्‍ने नेता भएको बताए । उनले भने ‘ओली गोमन सर्पजस्ता रहेछन्, विरोधीसंग तुष पालेर बस्ने समय आउदा डस्ने गोमन सर्प जस्तो ।’
महाधिवेशन सम्म नेकपाको दुई अध्यक्ष भएपनि महाधिवेशन पछि एकमात्र अध्यक्ष हुने खनालले बताए । उनले भने ‘महाधिवेशन सम्म दुई अध्यक्ष हुन्छन् । त्यसपछि एक जनामात्र अध्यक्ष हुन्छ । केन्द्रीय कमिटीले सर्वसम्त रुपमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको हो आफुलाई कुनै समस्या छैन ।