Swornakshar Logo

प्रचण्डले छलफलमा नेपाल गौतम बोलाएपछि ओली लागे बादल निवास

काठमाडौं । ४ पुस । शनिबार बिहानै खुमलटारमा चहलपहल थियो । चहलपहल खुमलटारमा मात्र होइन, काठमाडौं ललितपुरका प्रहरीहरुमाझ पनि थियो । यसको कारण थियो । कारण थियो प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री जाने तयारी ।

प्रहरीमा बिहानै खबर भएको थियो प्रधानमन्त्री अर्का अध्यक्ष प्रचण्ड भेट्न खुमलटार जादै छन् । प्रहरीहरु बालुवाटार देखि खुमलटारसम्म अर्लट थिए । हुन पनि ओली प्रधानमन्त्री भएदेखि एक पटक पनि प्रचण्ड निवासमा पाइलो टेकेका थिएनन् । आज उनी पहीलो पटक प्रचण्ड निवास खुमलटार जादै थिए ।

तर आज शनिबार खुमलटार जाने साइत जुरेपछि ओली खुमलटार पुगेका थिए । ओली खुमलटार १० बजेर ५० मिनेट तिर पुगेका थिए । खुमलटार पुगेका ओलीले प्रचण्डलाई जारी स्थायी कमिटी बैठकबाट प्रस्ताव फिर्ता लिन आग्रह गरेको स्रोतले बताए । तर प्रचण्डले आफुले प्रस्ताव छलफलका लागि पेश गरेकाले स्थायी कमिटीमा पनि छलफल गराउने र पार्टीले जे निर्णय गर्छ त्यो मान्ने बताएको स्रोतले बताए ।

खुमलटार पुगेका ओलीले प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेका थिए । ओलीको भनाई भन्दै स्रोतले भन्यो ‘पहीला पनि हामी दुबै जना मिलेर पार्टी एकता गरेका हौँ । अहीलेपनि मिलेर जाऔँ । मलाई पूर्व एमालेका साथिहरुले सधै पेले । अहीले झन बढी पेल्न थालेका छन् । हामी दुबै जना मिलौ ।’

ओली प्रचण्ड छलफल हुदै थियो । दुबै अध्यक्षबीच छलफल भएको करिब एक घण्टा पछि उपाध्यक्ष वामदेब गौतम पुगे खुमलटार । प्रचण्डले नै गौतमलाई खुमलटार बोलाएको स्रोतको दाबी छ । ओली खुमलटार आउने प्रचण्ड निकट सबै नेताहरुलाई बिहानै थाह थियो । सचिवालयका पनि ओली इतरका सबै नेतालाई थाह थियो । तर ओलीलाई छलफलमा नेपाल आउछन् होला भन्ने थाह थिएन ।

गौतम प्रचण्ड निवास खुमलटार पुगेपनि ओलीलाई खासै अप्ठेरो हुने कुरै भएन । प्रचण्ड भेट्न खुमलटार नै पुगेर पनि प्रस्ताव फिर्ता नलिने अडान दोहराएपछि ओली आफै अप्ठेरोमा परेका थिए ।

प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर नेपाल अझ ढिला गरी खुमलटार गए ।
जब ओलीले नेपाल पनि खुमलटार आउने कुरा थाह पाए त्यसपछि भने उनी बाहिरीने तरखरमा लागे । प्रचण्डले नेपाल गौतमलाई नै छलफलमा बस्ने वातारवण बनाए त्यसपछि ओली त्यहाँबाट बाहीरीए । खुमलटार नेपाल भित्र पस्ने र ओली बाहीर निस्कने एकै समय भएको एक प्रत्यक्षदर्शीले समाचारदैनिकलाई बताए । उनले भने ‘ओलीजी र माधवजीबीच भेट हुन पाएन । ओलीजी बाहीरीनु भयो । नेपालजी भित्र पस्नु भयो ।’
साउन १३ गते गौतम निवास भैसेपाटी गएका ओली अरु नेताको निवास अथवा मन्त्रीका निवास गएका थिएनन् । तर आज मन्त्री निवास पुल्चोक पनि पुगे । उनले त्यहाँ मन्त्रीहरुसंग छलफल गरे ।

तर उनको मन्त्री निवास जाने योजना भने अर्पझट बनेको हो । जब खुमलटारमा नेपाल आउने थाह पाए त्यसपछि उनी सिधै गृहमन्त्री राबहादुर थापाको सरकारी निवास पुल्चोक पुगे । प्रचण्डले छलफलमा नेपाल बोलाएको झोकमा उनी पुल्चोक पुगेका थिए ।

प्रचण्डले उनीसंगको छलफलमा नेपाल गौतमको सहभागीता गराए । त्यसपछि उनी सिधै बादल निवास पुगेका एक स्थायी कमिटी सदस्य बताउछन् । उनले भने ‘प्रचण्डले दुई अध्यक्षको छलफलमा नेपाल र गौतम सहभागी गराउन चाहे त्यसपछि ओली त्यसको काउण्टरमा बादल भेट्न पुगेका हुन । उनको योजना नै थिएन जस्तो छ बादल भेट्ने त ?’
अझ ओली बढी रुस्ट त वरिष्ठ नेता नेपाल आउने थाह पाएपछि भएका स्रोतको भनाइ छ ।

गौतमसम्म छलफलमा सहभागी भएपनि नेपालको उपस्थति ओलीकालागि सह्य थिएन । उनी प्रचण्ड नेपालसंग होइन आफुसंग मिल्नु पर्छ भन्दै आएका छन् । जब कि नेपाल भने पार्टी विधि विधान अनुसार चल्नु पर्ने भन्दै आएका छन् ।

प्रचण्डसंग खुमलटारमा नै अन्य दुई जना सचिवालयका नेताहरु हुने भएपछि आफुसंग पनि पूर्व माओवादी बादल भएको सन्देश दिन पुल्चोक पुगेका बताइन्छ । ओली पुल्चोक बादल निवासको फोटो हेर्दा पनि थाह हुन्छ कि ओलीको गृहमन्त्री भेट्ने पूर्वयोजना थिएन ।

सामान्य पोशाकमा देखिन्छन् बादल । जबकि प्रधानमन्त्री निवासमा आउने भएपछि औपाचारीक पोसाक नै लगाउनु पर्ने हो । अन्य मन्त्रीहरु कोटपाइन्टमा छन् भने बादल ज्याकेट र ट्रयाकमा छन् । ओलीले बादललाई भेटेर प्रचण्डलाई छलफलमा नेपाल बोलाएको काउन्टर दिएको चर्चा नेकपा वृतमा हुन थालेको छ ।