Swornakshar Logo

ओलीले फेरी गरे गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

काठमाडौंं । १ पुस । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । बालुवाटारमा बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा उनले आफुले बिधि र प्रक्रिया मिलाएर प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्ने भन्दै प्रधानमन्त्री भने उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
उनले आफु, प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपाल प्रधानमन्त्री भइसकेकाले गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । यसअघि पनि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै प्रतिनिधिसभामा चुनाव लड्न सुझाएका थिए ।