Swornakshar Logo

नेपालमा थप १३०४ जनामा कोरोना, २१ को मृत्यु, २०७३ निको

काठमाडौं । १६ मंसिर । मङ्सिर, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १३ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार २ हजार ७३ संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १५२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल १६६३३ जना आइशोलेशनमा रहेका छन् भने ६१६ जना क्वारेन्टाइनमा छन् ।